माओवादी अध्यक्ष प्रचण्ड पोखरामा
काठमाडौं ,फागुन १० - प्रगतीशील लेखक संघका अध्यक्ष घनश्याम ढकालको स्मृतिसभामा भाग लिन माओवादी अध्यक्ष प्रचण्ड पोखरा पुग्नुभएको छ । स्मृति सभामा भाग लिएर प्रचण्ड आजै काठमाडौंं फर्कनु हुने बताइएको छ । ढकालको गएको फागुन १ गते राजधानीमा भएको माओवादी सभामा भाग लिन आउने क्रममा मोटरसाइकलले ठक्कर दिदा राजधानीको प्रदर्शनीमार्गमा निधन भएको थियो ।
चिनियाँ वनमन्त्री नेपाल आउँदै
काठमाडौं ,फागुन १० - चिनियाँ वनमन्त्री जिया झिवाङ ६ सदस्यीय टोलीको नेतृत्व गर्दै ४ दिने नेपाल भ्रमण्ँको सिलसिलामा आज काठमाडौँ आउँदै हुनुहुन्छ । नेपाल सरकारको औपचारिक निमन्त्रणुमा मन्त्री ि´वाङको टोली नेपाल आउन लागेको हो । झिवाङका साथमा अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी विभागका महानिर्देशक सु चुन्यू र टान गुआनगुइङ लगायतका सरकारी अधिकारी सहभागी रहने बताइएको छ । नेपाल बसाईका क्रममा चिनियाँमन्त्री ि´वाङले नेपाली समकÔी मोहम्मद वकिल मुसलमानसँग वार्ता गर्नुहुनेछ । यसैबीच जापानका उपविदेशमन्त्री कोरो बेस्हो नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डल पनि आजै काठमाडौं आउँदैछ । दुईदिने नेपाल बसाईका क्रममा बेस्होको टोलीले प्रधानमन्त्री डा।बाबुराम भट्टराई उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण्ँकाजी श्रेष्ठ लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बेस्होले जापानी सहायतामा निर्मित काठमाडौँ-भक्तपुर सडकको निरीÔण्ँ गर्ने कार्यक्रम रहेको नेपालस्थित जापानिज राजदूतावासले जनाएको छ ।
बर्हिगमनमा परेका जनमुक्ति सेनाबाट नेपाल बन्दको घोषणा
काठमाडौं ,फागुन १० - बर्हिगमनमा परेका जनमुक्ति सेना नेपालले सरकारले आफुहरुलाई उपेक्षा गरेको ठहर गदै चैत १ गतेबाट अनिश्चितकालीन नेपाल बन्दको घोषणा गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी बर्हिगमित जनमुक्ति सेनाको समास्या समाधान गर्न सरकार र पार्टीलाई पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभएपछि बध्य भएर नेपाल बन्दको घोषणा गर्नु परेको बताएका हुन । पत्रकार सम्मेलनमा बोल्दै बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य कृष्णप्रसाद दंगालले सरकार र पार्टीले आफुहरुलाई ५२ सालको युद्धतिर फर्काउन खोजेको दावी गर्नुभयो । दंगालले सरकारले आफ्नो आन्दोलनमाथि दमन गरे भूमिगत भएर प्रतिकार गर्न बाध्य हुने चेतावनी दिनुभयो । केन्द्रीय सदस्य दंगालले ४ हजार ८ जना बर्हिगमित जनमुक्ति सेनालाई कमजोर नठान्न पार्टी र सरकारलाई चेतावनी दिदै माग पुरा गर्नेतर्फ ठोस कदम चाल्न आग्रह गरेका छन् । सरकार र पार्टीले बर्हिगमित जनमुक्ति सेनाको समास्य समाधनका लागि एजेण्डागत रुपमा छलफल नगरे आफूहरु पुनः युद्धमा जान सक्ने चेतावनीसमेत दिएका छन् ।
भोलिवाट लोडसेडिङ दैनिक दैनिक १० घण्टा
काठमाडौं ,फागुन १० - दैनिक ११ घण्टाका दरले हुदै आएको लोडसेडिङ भोलिवाट दैनिक एक घण्टा घटेर दैनिक १० घण्टा हुने भएको छ । उर्जाको मागमा पछिल्ला दिनहरुमा केही कमी आएका कारण्ँ लोडसेडिङ दैनिक एक घण्टाका दरले घटाएर दैनिक १० घण्टामा सिमिति गरिएको विद्युत प्रधिकरण्ँले जनाएको छ । प्राधिकरण्ँले सार्वजनिक गरेको तालिका अनुसार भोलिवाट लागुहुने गरी दैनिक १० घण्टा र सातामा ७५ घण्टा लोडसेडिङ हुनेछ ।
कुनै पनि स्थानमा बर्डफ्लु संक्रमण छैन
काठमाडौं ,फागुन १० - पशु स्वास्थ्य सेवा निर्देशनालयले मुलुकको कुनै पनि स्थानमा बर्डफ्लु संक्रमण नरेहको जनाएको छ । निर्देशनालयका कार्यक्रम निर्देशक रामकृष्ण्ँ खतिवडाले पूर्वी नेपालका झापा इलाम सुनसरी र पाँचथर जिल्लामा देखिएको बर्डफ्लु पूण्र्ँ रुपमा नियन्त्रण्ँमा आइसकेको जानकारी दिनुभयो । डाक्टर खतिवडाले मुलुक बडफ्र्लु जिवाण्ँुमुक्त भएको बताउनुभयो । मुलुकको कुनै पनि Ôेत्रमा अहिले बर्डफ्लुको जिवाण्ँु नभएको खतिवडाले बताउनुभयो । खतिवडाका अनुसार बर्डफ्लु जिवाण्ँु हुन सक्ने सम्भावित स्थानमा निर्देशनालयले निगरानी गर्ने कामलाई पनि निरन्तरता दिएको छ । काठमाडौँमा केही समयअघि फेला परेको मरेका कागमा बर्डफ्लुको जिवाण्ँु भेटिए पनि अहिले भने बर्डफ्लु नरहेको निर्देशनालयले जनाएको छ ।
  समाचार
बांके, फागुन ९ - डांकाहरुको आक्रमणमा नेपालगाजमा ४ जना घाईते भएका छन...
काठमाडौं, फागुन ९ - राजधानीको असन बालकुमारीस्थित पल्टनचोक भित्र रहेको पल्टन छे क्याफे एण्ड बारमा आज आगलागी हुदा लाखौको धनमाल जलेर नष्ट भएको छ ...
काठमाडौं ,फागुन ९ - सम्पत्ति शुद्वीकरण विधेयकको बारेमा छलफल गर्न व्यवस्थापिका संसद बैठक आज बस्दैछ...
काठमाडौं ,फागुन ९ - सम्पत्ति शुद्वीकरण विधेयकको बारेमा छलफल गर्न व्यवस्थापिका संसद बैठक आज बस्दैछ ...
पोखरा, फागुन ९- प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मुलुक संक्रमणकालीन अवस्थामै रहेको बताउनुभएको छ ...
 
प्युठान, फागुन ९- प्युठानमा हिजो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ...
काठमाडौं, फागुन ८ - महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज नेपालभर मनाइँदैछ...
काठमाडौं ,फागुन ८ - नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसको उपललक्ष्यमा आज सैनिक माच टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिरहेको छ ...
प्यूठान, फागुन ८ - प्यूठानमा जिप दुर्घटना हुदां ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि करिब १६ जना घाइते भएका छन् ...
काठमाडौं ,फागुन ८ - शिवरात्रीको अवसरमा आज बिहानै डोरी टाँगेर राजमार्गमा पैसा उठाउने क्रममा प्रहरीको कुटाईबाट एक जनाको मृत्यु भएको छ ...
  थप समाचार
» उपसमितिको बैठक निष्कर्षविहिन
» उपसमितिको बैठक निष्कर्षविहिन
» प्याब्सनमा पोखरेल
» उद्योगमा बिष्फोट हुँदा २ जनाको मृत्यु
» दाङमा बम भेटियो
» समृद्धिका लागि राष्ट्रपतिय प्रणाली नै उपयुक्तः पुन
» सरकार पेशागत अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध छः प्रधानमन्त्री
» प्रचण्ड र नेपालबीच छलफल
» विवाद समाधान उपसमितिको बैठक निष्कर्षविहिन
» आज प्रजातन्त्र दिवस
» सरकारको बिरोध लोकतान्त्रिक प्रकि्रयाः मन्त्री शर्मा
» पुरानै संरचनाको संविधान बनाउने खोजेको प्रचण्डको आरोप
» मध्यमाचल महोत्सव-२०६८ सुरु
» एमालेबाट सिरहा बन्द आव्हान
» द्रव्य बहुद्देश्यीय सहकारी सस्थामा आगलागी
» प्याब्सनको ११ औं महाधिवेशन सुरु
» लमजुङ महोत्सव सुरु
» रेस्लिङ प्रतियोगिता आजबाट
» एमालेबाट आज संसद बैठक अवरुद्ध
» नागरिकता लिन सहज बनाउन सरकारलाई निर्देशन
» प्रधानमन्त्री भट्टराई बिहारको पटनामा
» प्रधानमन्त्री भट्टराई बिहारको पटनामा
» बाबुले गरे आफ्नै तीन छोरीको हत्या
» शिक्षाको नीति निर्माणका लागि बहस आवश्यकः शिक्षामन्त्री
» काठमाडौंमा काजमा आएका शिक्षकलाई दरबन्दीमै पठाउन शिक्षामन्त्रीको निर्देशन